FAQs Complain Problems

लेकवेशी नगरपालिकाको ७ औ स्थापना दिवस सम्पन्न

२०८० फाल्गुण २७ गते  आईतबारका दिन लेकवेशी नगरपालिकाको ७ औ स्थापना दिवस लेकवेशी नगरपालिकाका नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको अध्यक्षता र  आन्तरिक मामिला तथा कानून मन्त्रालय,कर्णाली प्रदेश सुर्खेतका मन्त्री माननीय कृष्णबहादुर जि.सी ज्यूको प्रमुख आतिथ्यता एवं पूर्व मन्त्री तथा संविधान सभा सदस्य माननीय सीता नेपाली , नगर उप-प्रमुख श्री विमला खड्लुक , पूर्व नगर प्रमुख श्री गगन सिं सुनार, पूर्व उप प्रमुख श्री शान्ती छन्तेल, महिला सशक्तीकरण मञ्च, क्षेत्रीय प्रतिनिधि डण्डीराज शर्मा,  हेल्भेटास नेपालका अक्कल बहादुर शाह, राष्ट्रिय कलाकार श्री सुकदेब अधिकारी ज्यू को विशेष आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा पूर्व जन प्रतिनिधि ज्यूहरुलाई सम्मान,  ५ जना लेकवेशीका कृषि तथा पशुपालनको क्षेत्रमा रहेका उत्कृष्ट कृषक एवं  पशुपालक लाई सम्मान,२०८०/०७/ २१,२२ र  २३ मा ढाकामा भएको डोरीतान प्रतियोगितामा सभागी लेकवेशीका खेलाडीहरुलाई खादा र सम्मानपत्र  तथा लेकवेशीका उत्कृष्ट प्रधानाध्यापकलाई  छनौट गरी दोसल्ला सहित  कदरपत्र तथा  कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी( छात्र,छात्रा), SEE मा उत्कृष्ट नतिजा ल्याउने छात्र छात्रालाई पुरस्कार , मिति २०८० फाल्गुण २६ गते भएको वकतृत्वकलामा प्रथम,द्वितीय र  तृतृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार  प्रदान गरि सु -सम्पन्न  गरियो ।

आर्थिक वर्ष: