Flash News
Revenue/ Foreign Aid
पूर्णखोप पालिका सुनिश्चितता तथा दीगोपना घोषणा
आज मिति २०८३/०२/२६ गतेका दिन लेकवेशी नगरपालिकालाई एक कार्यक्रमका बीच पूर्णखोप पालिका सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ। उक्त कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख एवंम पालिका खोप समन्वय समिति अध्यक्ष श्री उमेश कुमार पौडेल ज्युको अध्यक्षतामा सम्पन्न गरिएको थियो उक्त कार्यक्रममा नगर उप-प्रमुख श्री बिमला खड्लुक ज्यु, जिल्ला खोप समन्वय समितिका का.बा. श्री अध्यक्ष डिल्ली प्रशाद पाण्डे, जिल्ला खोप समन्वय समितिका सदस्य सचिब एवंम जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख श्री करुणा भट्टराई, लेकवेशी नगरपालिका अन्तर्गतका १ देखि १० वडाका वडा अध्यक्ष ज्युहरु,कार्यपालिका सदस्यहरु,नि. प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख ज्युहरु, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुख एवंम, प्रतिनिधि नगरपालिका अन्तर्गतका कर्मचारीहरु लगायत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो।
आ.व. २०८२/०८३ का लागि लेकवेशी नगरपालिकाको नियमित कार्यक्रम बमोजिम ०देखि ५९ महिनाका सम्पूर्ण बालबालिकाहरूको पूर्णखोप घरधुरी सर्वेक्षण गरिएको पालिका स्वास्थ्य शाखाको प्रतिबेदन प्रस्तुत गरि पुस्टि गरिएको थियो । कुल १८९४ जना मध्ये १५ महिना मुनिका ५१७ जनाले नियमित खोप प्राप्त गरिरहेका र १६ देखि ५९ महिना उमेरसम्मका जम्मा १३७७ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेका थिए ।
पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम आवश्यक सबै मापदण्ड तथा प्रक्रिया पूरा गरी लेकवेशी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा पूर्ण खोप सुनिश्चितताको अवस्था हासिल गरेको हो। नगरपालिकाभित्र रहेका सबै वडाहरूमा नियमित खोप सेवा सुदृढ गर्दै लक्षित उमेर समूहका बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको सक्रिय भूमिकाका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।