FAQs Complain Problems

दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

लेकवेशी नगरपालिकाको आ.व २०८०/८१ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई लेकवेशी नगरपालिकाको आयोजना र सक्रिय परामर्श सेवा प्रा.लि को सहजीरणमा मिति २०८० फाल्गुण ४ गते लेकवेशी नगरपालिका वडा नं ८ को भवनमा सम्पन्न भएको छ । नगर प्रमुख उमेश कुमार पौडेलको अध्यक्षता, नगर-उप प्रमुख विमला खड्लुकको विशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री पदमलाल लामिछानेको आतिथ्यतामा सम्पन्न कार्यक्रममा जन प्रतिनिधि , उपभोक्ता समिति प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरुको समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा योजना सम्झौता,भुक्तानी,कृषि,शिक्षा लगायतका विषयमा प्रश्न राख्नु भएको थियो भने शाखा प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत,नगर प्रमुख र उप-प्रमुखले जिज्ञाशा र गुनासोलाई सम्बोधन गर्नु भएको थियो ।

आर्थिक वर्ष: